बेदकाेट नगरपालीकाकाे मेयरमा एमालेका अशाेक चन्दकाे उम्मेदवारी

इमान्दार मिडिया संवाददाता । 

झण्डै दुइ दशकपछि हुन लागेकाे स्थानीय तहकाे चुनावका लागि देशभर केहि सरगर्मी बढिरहँदा सुदुरपश्चिमकाे कञ्चनपुरमा पनि यसकाे प्रभाव देखिएकाे छ ।

अाउदाे बैसाख ३१ गते हुने भनिएकाे  निर्वाचनकाे तयारीमा काँग्रेस, एमाले, माअाेवादी केन्द्र, राप्रपा, जनमाेर्चा लगाएतका संददवादी दलहरू हाेमिएका छन् । ७ नगर र २ वटा गाउँ पालिकामा गरि अहिले कञ्चनपुरमा दर्जनबढि अाकांक्षीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसैबीच बेदकाेट नगर पालिकाकाे मेयरमा नेकपा एमालेका नेता अशाेक चन्दले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट भोजराज बोहरा, मावोमादी केन्द्रबाट हेमराज पाण्डेय र राप्रपाबाट जयन केशी चन्दकाे प्रतिस्पर्धी छन् ।

कक्षा ६ मा पढ्दा पढ्दै २०४६ सालको जन आन्दोलनबाट नेकपा एमालेकाे राजनीतिमा  सहभागी भएका नेता चन्दले २०५६ सालसम्म बिद्यार्थी राजनीतिमै सक्रिय भुमिका खेलेर काम गरे ।

त्यसपछि युवा संघ नेपाल को गाउँ, क्षेत्रकाे अध्यक्ष हुँदै जिल्ला सदस्य जिल्ला बनेका चन्द २ पट्क कञ्चनपुरका सचीव २ पटक अध्यक्षकाे जिम्मेवारी समेत सम्हाले । त्यसपछि जिल्लाकाे युवासंघकाे प्रमुख हुँदै केन्द्रिय सदस्यकाे जिम्मेवारी सम्हालेका चन्दले महाकाली अञ्चल इन्चार्ज भएर समेत काम गरे। 

२०६९ फाल्गुन देखि युवासंघकाे केन्द्रिय सचीवकाे भुमिका निर्वाह गरेका चन्दले प्रशिक्षण बिभाग प्रमुख रहेर समेत काम गरिसकेका छन् ।

मेयर बनेर बेदकोटमा काम गर्ने अवसर जुटे त्यस क्षेत्रको पर्यटकीय, आर्थिक विकास आफ्नो मुख्य योजना रहेको बताएका छन् ।

हरेक सेवा सुबिधाबाट पछाडि पारिएको बेदकोट नगरपालिका कंचनपुरपुरको पहाडसँग जाेडिएका क्षेत्र हाे । विशेषतया यहाँ पर्यटकहरू ताल, मन्दिर लगाएत अन्य क्षेत्रकाे अवलाेकनका लागि पुग्ने गर्दछन ।

२०७३ चैत्र २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...