चुनावको मुखैमा बाबुरा र वैद्यका शीर्ष नेताहरु माअोवादी केन्द्रमा फर्किदै

  • काठमाडौं ।

बैद्य माओवादी र नयाँ शक्तिका शीर्ष तहका तत्कालीन नेताहरु माओवादी केन्द्रमा फर्किने तयारीमा रहेको खुलासा भएको छ ।

केहि दिन अगाडी राजधानी तथा राजधानी बाहिर पनि भएका बिषेस भेटघाटहरुले केही साताभित्रै ती पार्टीहरुमा रहेका माओवादीका तत्कालीन शीर्ष नेता फर्किने तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका एक केन्द्रिय नेताहरुले इमान्दार मिडियालाई बताए ।

श्रोतका अनुसार ती नेताहरुलाई आफ्नो पार्टीमा ल्याउन स्वयम् प्रधानमन्त्री प्रचण्ड नै लागिपरेका छन् । केहि समय अगाडी राजधानीमै आयोजित एक प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी एकताको सुत्र भएको बताउँदै माओवादीले सबै पार्टि र देशलार्इ एकताबद्ध गराएरै छाड्ने दाबी गरेका थिए ।

‘बाबुरामजी, वैद्यजीको पार्टीमा रहेका हाम्रा पूर्व शीर्ष नेताहरु केही दिनमै फर्किदै हुनुहुन्छ, त्यसैले हामी एकताको सुत्र हौँ, यो देशलार्इ एकताबद्ध बनाउन हामीले मात्रै सक्छौँ’ प्रचण्डले भनेका थिए ।

प्रधानमन्त्री समेत रहेका उनले माओवादी छाडेका अन्य नेतालार्इ समेत फेरि फर्काउन छलफल भइरहेको बताए । कोको फर्कर्दै छन् त ? भन्ने इमान्दार मिडियाको प्रश्नमा माओवादी केन्द्रका नेताले त्यो खुलाउन चाहेनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...