गाउँ गएपछि उम्मेदवार ज्यूँदा नफर्किन पनि सक्छन् - नेता बास्तोला

  • काठमाडौँ १३ बैशाख ।
 नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्बेन्द्र बास्तोला 'कञ्चन'ले स्थानीय निर्वाचनमा उम्मेदवारी दिने नेताहरु गाउँ गएपछि ज्यूदा फर्केर आउने सम्भावना नरहेको बताएका छन् । 

पुराना संसदीय राजनीति गर्ने दलहरु र नेताहरुप्रति जनताको ब्यापक असन्तुष्टी रहेको बताउँदै कम्युनिष्ट पार्टीका नेता बास्तोलाले जन गाउँ गएपछि उम्मेदवार ज्यूदा नफर्किन पनि सक्छन् - नेता बास्तोला  आक्रोश बढेका बेला चुनावको प्रचार गर्न गाउँ गएका नेता ज्यूदा नफर्किन पनी सक्ने बताएका हुन् ।

कम्युनिष्ट पार्टीले आयोजना गरेको एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी सभालाई सम्बोधन गर्दै नेता बास्तोलाले यस्तो बताएका हुन् । 

सभामा बोल्दै नेता बास्तोलाले भारतसँगको १९५० को सन्धि खारेज नगरेसम्म नेपाललाई पराधिनताबाट बचाउन नसकिने बताए । 

स्थानीय चुनावले दलाल संसदीय व्यवस्थालाई जनताका घरदैलोसम्म सुदृढ गर्ने बताउँदै चुनावमा सहभागी नहुन नागरिकसँग अपिल गरेका छन् ।

‘यो चुनावले केन्द्रमा सीमित रहेका दलाल, भ्रष्टचारी जनताका घरसम्म पुर्याउँछ । स्थानीय स्रोतसाधनलाई जनमाझ्बाटै लहछाप लगाएर विदेशीले लैजान्छन्, त्यसकारण खारेज गर्नुको विकल्प छैन’ बास्तोलाले भने ।

हेर्नुहोस् भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...