एका बिहानै यात्रुवाहक बस दुर्घटना, १५ घाइते, ४ को अबस्था गम्भीर


बाग्लुङ, ४ वैशाख ।

बाग्लुङको काठेखोला बस दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन् । 

सोमबार बिहान ३ बजे ना ६ ख २०६० नम्बरको यात्रुबहाक बस अनियन्त्रित भई दुर्घटना बाग्लुङ प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरूलाई थप उपचारको लागि धौलागिरी अञ्चल अस्पताल पठाइएको छ ।

अन्य घाइतेको भने प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...