नजान्दा यौन जीवन बेचैन, जान्दा अधिक सन्तुष्टि, पढ्नुहोस् कसरी ?


यौन सम्पर्क गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा यौन सम्पर्क गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा यौन सम्पर्क गर्दा बढि राम्रो हुन्छ । 

एकाविहानै यौन सम्पर्क गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा यौन सम्पर्क गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै यौन सम्पर्कको लागि उपयुक्त रहेको पत्ता लागेको छ । 

सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा यौन सम्पर्क हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा यौन सम्पर्क गर्न सुरु गर्दा अति उत्तम हुन्छ । 

यतिमात्रै होइन विहानको यौन सम्पर्कले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

यौन सम्पर्क गर्नुस् मोटोपन घटाउनुस्

अमेरिकाको एक सोध वैज्ञानिक र यौन बिज्ञ. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा यौन सम्पर्कको सबै भन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । 

डा. डेबीका अनुसार विहानको समयमा यौन सम्पर्क गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । 


यसैगरी अमेरिकी अर्का यौन बिज्ञ सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । 

यौन सम्पर्क एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित यौन सम्पर्क गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

यौन सम्पर्क कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर यौन सम्पर्क गर्न सकिन्छ । 

त्यसैले एकसातामा तीनपटक यौन सम्पर्क गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा यौन सम्पर्क गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । 

लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा यौन सम्पर्क गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

विहानको यौन सम्पर्कमा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । 

विहानको समयमा यौन सम्पर्कका साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा यौन सम्पर्क किन नगर्ने ?

विहानमा यौन सम्पर्क गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला यौन सम्पर्क गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर यौन सम्पर्क गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । 

त्यसैले रातीमा यौन सम्पर्क गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको यौन सम्पर्कमा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...