अब बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने, एटिएम पनि एकभन्दा बढी लिन रोक !

  • काठमाडौं ।

बैंकमा एकभन्दा बढी खाता हुनेहरु धेरै छन् । विभिन्न कारणले एकभन्दा बढी खाता खोलिएको हुन्छ । 

तर अवदेखि बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता संचालनमा ल्याउन रोक लगाएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार मुद्दती खाता बाहेकका अन्य खाताको हकमा एउटा व्यक्तिले एकभन्दा बढी खाता चलाउन र एटिएम कार्ड लिन नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको यो निर्देशिका लागु भइसकेको बताएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...