एकताको विकल्प नभएको भन्दै नयाँ शक्तिकाे पुरै कमिटी माओवादीमा विलय

  • हुमाकान्त पोखरेल, गुल्मी ।

बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल जिल्ला कमिटी गुल्मी र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र जिल्ला कमिटी गुल्मीबिच पार्टी एकता भएको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला कमिटी गुल्मीद्धारा पत्रकार सम्मेलन गरी नयाँ शक्ति पार्टी जिल्ला कमिटी गुल्मीको पुरै समुह माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराएको हो ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्की तथा नयाँ शक्ति नेपालको तर्फबाट जिल्ला संयोजक मनिराम ज्ञवाली, आर्थिक विभाग प्रमुख शेर बहादुर सर्तुङ्गी, युवा इन्चार्ज टिकाराम पोखरेल, महिला इन्चार्ज वेदना गुरुङ तथा जिल्ला सदस्य कुल बहादुर सराङकोटी लगायतका सदस्यहरुको हस्ताक्षर रहेको छ ।

नयाँ शक्ति पार्टीले नेपालको आर्थिक समृद्धि र राज्यको पुर्नस्थापना लगायतको विषयमा लिएको अडान र नीतिका आधारमा आफूहरु संगठित भएको तर पछिल्लो दिनहरुमा उक्त पार्टी तथा नेताहरुले जातिय तथा क्षेत्रिय पार्टी निर्माण गरी जनयुद्धका मुल्य मान्यता र आदर्शको परित्याग गरेको नयाँ शक्ति नेपाल गुल्मीका नेताहरुलेबताएका छन् ।

त्यस्तै अहिलेको कथित नयाँ शक्ति पार्टी झन पुरानो र यथास्थितिवामा फस्दै गएकाले नयाँ शक्ति नेपाल नेकपा माओवादी केन्द्रविच पार्टी एकता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका पुनाराम ज्ञवाली, टिकाराम पोखरेल लगायतका नेता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिटब्युरो सदस्य दिनेश पन्थी, शुदर्शन बराल, केन्द्रिय सदस्य बुद्धि जिसी, युवराज ज्ञवाली, जिल्ला संयोजक विर बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

२०७४ बैशाख २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...