सत्तारुढ दलले आज पनि मधेसी मोर्चासँग बार्ता गर्दै

काठमाडौं, ९ वैशाख ।

सत्तारुढ दलहरुले आज शनिबार पनि मधेसी मोर्चाबिच पनि वार्ता गर्दै छन् । 

सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमबिच शुक्रबार दुईपटक भएका वार्ता सकारात्मक र सहमति उन्मुख भएपछि शनिबार थप छलफल हुन लागेको हो ।

छलफल दिउँसो साढे २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ । 

यसअघि शुक्रबार भएको वार्तामा सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्न तयार भए चुनावमा भाग लिने मोर्चाका शीर्ष नेताहरुले बताएका थिए ।

मोर्चाले स्थानीय तहलाई केन्द्र मातहत नभई प्रदेशको मातहत राख्नुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, विशेष स्वायत्त क्षेत्र र प्रदेशको सिमांकन चुनाव अघि नै टुंग्याउनुपर्ने लगायत माग राखेकोमा सत्तारुढ दल मधेसमा स्थानीय तहको संख्या थप गर्न, र चुनाव दुई चरणमा गर्न तयार भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...