सेनाको शिविरमा आक्रमण हुदाँ ५० बढी सैनिकको मृत्यु,कसले लियो घटनाको जिम्मा ?

  • एजेन्सी, ९ वैशाख ।

अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ५० भन्दा बढी अफगान सैनिकको ज्यान गएको छ । 

उत्तरी शहर मजार–ए–शरिफ शहरको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको हेडक्वाटरमा आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण भएको हो । तालिवानले विज्ञप्ती निकालेर घटनाको जिम्मा लिएको छ । अफगान सेनालाई तालिवान विरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...