खतरनाक रहस्य सार्वजनिक : संविधान संशोधन भए स्थानीय चुनावमा भारतीय नागरिकले भोट हाल्न पाउने

  • काठमाडौं ।

स्थानिय निर्बाचन गराउन र मधेषीहरु नेताहरुको मागलाई संबोधन गर्ने भन्दै गर्न लागिएको संबिधान संसोधनले भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । 

मधेसी मोर्चा र सरकारसँग बैशाख १० गते भएको सम्झौताको हवाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन् ।

भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज १८ को अनलाइनले जनाएको हो ।

मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो ।

सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ ।

संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ । 

मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ ।

२०७४ बैसाख १५ मा सार्वजनिक ।

,

प्रतिकृया दिनुहोस्

Loading...