अमेरिकी राष्ट्रपति ट्रम्पले यसकारण गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

काठमाडौं, १५ वैशाख ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा   ।

समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या कुटनीतिक रुपमा समाधान गर्न चारहेको ट्रम्पको भनाई छ । 

तर कुटनीतिक रुपमा उत्तर कोरियाको समस्या समाधान हुने सम्भावना कम रहेकाले संघर्षको सम्भावना नकार्न नसकिने ट्रम्पले बताएका छन् । ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगतै उत्तर कोरियाका कारण उत्पन्न भएको समस्या समाधानका लागि केही नगरेको भन्दै चिनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए ।

उत्तर कोरियाको समस्या समाधानका लागि अमेरिका एक्लै तयार रहेको पनि उनले बताएका थिए । तर अप्रिलको सुरुमा चिनियाँ राष्ट्रपति सीसँग भएको भेटवार्ता तथा त्यसपछि भएका टेलिफोन वार्तापछि ट्रम्पको भनाई परिवर्तन भएको हो । उत्तर कोरियाको बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...