BREAKING - गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा

  • काठमाडौं, १७ बैशाख । 
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले इमान्दार मिडियालार्इ बताएको छ  ।

पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन्।

राजीनामाको विषयमा उनले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराइसकेका छन्।

अख्तियार दुरुपयोग अायोगका तत्कालिन प्रमुख अायुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लागेको सात महिना नवित्दै प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।

काँग्रेस-माओवादी केन्द्रका २५१ सांसदहरुले हस्ताक्षर गरेको प्रस्ताव अाइतबार संसद सचिवालयमा दर्ता गरिएको छ । महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेसक नेता मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...