गृहमन्त्री निधी आउट, बालकृष्ण खाँण ईन !

  • काठमाडौं, १७ बैसाख ।

प्रधान न्याधिसलाई महाअभियोग लगाएको बिषयमा असन्तुषी जनाउँदै राजिनामा दिएका बिमलेन्द्र निधीको मन्त्रालय अब रक्षामन्त्री बालकृष्ण खाँडले पाउने भएका छन् ।

काँग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएपछि रिक्त गृहमन्त्रीमा खाँणलाई लाने तयारी भएको उच्च श्रोतले बतायो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध काँग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेकामा असन्तुष्ट निधिले आइतबार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

खाँण काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । श्रोतका अनुसार देउवाले प्रचण्डलाई बालकृष्ण खाँडलाई गृहमन्त्री नियुक्त गर्न भनिसकेका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...