बिरामीलाई आत्महत्या गर्न बाध्य बनाउँदै वीर अस्पताल, गगन थापाको स्वास्थ्य नीति खोइ ?

  • इमान्दार मिडिया संवाददाता ।

सरकारको पूर्ण समित्वमा रहेको वीर अस्पतालमा करोडौँ भ्रष्टाचार भएको चर्चा पटकपटक भइरहन्छ । उपकरण कमसल ल्याउएर कमिसन खाने, कमिसनकै चक्करमा चलिरहेका उपकरण बिगार्ने गरेको अारोप पनि वीर अस्पताल व्यवस्थापनलाई लाग्दै अाएको छ ।

वीर अस्पताल गरिब जनताको अस्पताल भनिएपनि व्यवस्थापन पक्षलाई सेवा भन्दा पनि कमिसनकै बढी माया हुने गरेको छ । अस्पतालमा भर्ना भएका बिरामीको घर-खेत सबै उपचारमै सकिएको हुन्छ । तर एक रुपैयाँ पनि छुट गर्दैन । उपचारमै सबै सकिएपछि पनि रोग सन्चो नभएपछि बिरामीले मृत्यु शिकार हुनु पर्ने अवस्था छ ।

हुन त नेपाल सरकारको नागरिकप्रतिको गैरजिम्मेवार बनेपछि यो अवस्था सृजना भएको हो । सबै स्वास्थ्य संस्था यस्तै छन् तर सरकारी स्वास्थ्य संस्थाले अार्थिक अभावकै कारण कुनै नागरिकले मृत्यु हुनु पर्ने अवस्था ल्याउँनु हुँदैन । वीर अस्पतालको बेडमा अार्थिक अपुगकै कारण धेरै बिरामीले मृत्यु रोज्नु परेको छ ।

त्यस्तै एक जना बिरामीले अस्पतालमै हाम फालेर एक जना बिरामीले अात्महत्या गरेकी छन् । वीर अस्पतालकै मातहतको ट्रमा सेन्टरमा उपचाररत एक जना बिरामीले अार्थिक अभावकै कारण मृत्यु रोज्नु परेको हो ।

हड्डी रोगबाट पीडित जयकला घर्तिमगरले विहीबार बिहानै अात्महत्या गरेकी हुन् । बाग्लुङ घर भएकी ६० वर्षकी घर्तीमगर ट्रमा सेन्टरको बेड नं. ५३३ मा भर्ना भएकी थिइन् । उपचारमै भएको सबै अार्थिक सकिएको र अस्पतालले पैसा नतिरेको भन्‍दै उपचार रोकेपछि जयकलाले विरक्तिएर अात्महत्या गरेको परिवार स्रोतले बताएको छ ।

नीजि र सरकारी अस्पतालमा गरिबको लागि निःशूल्क उपचारको व्यवस्था मिलाएको भन्दै भाषण गर्दै हिड्ने स्वास्थ्यमन्त्री गगन कुमार थापाको स्वास्थ्य नीति कता गयो ? सरकारी अस्पतालले नै बिरामीलाई मृत्यु रोज्न बाध्य बनाउँदा पनि काम नलाग्ने कस्नो नीति ?

, ,

प्रतिकृया दिनुहोस्

Loading...