सेभिल्लालाई ३–० ले हराउदै बार्सिलोना दोश्रो स्थानमा कायमै

  • एजेन्सी, २४ चैत ।

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पाखा लगायाे । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे । बार्सिलोनाले तीनै गोल पहिलो हाफमा नै गरेको हो ।

स्वारेजले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । मेस्सीले २८ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।

माचिन पेरेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्जुरी समयमा सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । जितपछि शीर्ष स्थानको रियलको २९ खेलबाट ७१ तथा एक खेल बढी खेलको दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक भएको छ ।

चौथो स्थानको सेभिल्लाको ३० खेलबाट ५८ अंक छ । राति भएका अरु खेलमा ओसासुनाले एलाभोस तथा मालागाले स्पोर्टिङ गिजोनलाई समान १–० ले हरायो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...