ऊँटहरुको सुन्दरी प्रतियोगीता, बिजेतालाई ३ अर्ब २८ करोड नगद पुरस्कार


किङ अब्दुल्लाजिज क्यामेल फेस्टिबल नाम दिइएको एउटा यस्तो प्रतिस्पर्धाको आयोजना हुँदैछ जसमा संसारको सबैभन्दा सुन्दर ऊँटको छनोट गरिनेछ । अचम्मको कुरा के छ भने बिजेता ऊँटलाई २५ मिलियन पाउन्ड अर्थात् ३ अर्ब २८ करोड रुपैयाँ नगर पुरस्कार प्रदान गरिनेछ ।

साउदी अरेबियाको रियादमा आएका तीन लाखभन्दा बढि ऊँटबिच प्रतियोगित हुने डेली मेलले बताएको छ । उक्त प्रतियोगित मार्च महिनाको अन्त्यमा आयोजना हुने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन ऊँटहरु प्राकृतिक रुपमा सुन्दर हुनुपर्ने नियम तोकिएको छ जसमा ऊँटको घुम्रिएको कपाल, फूलेको कान, लामा परेला, अग्लो र चटक्क मिलेको जुरो हुनुपर्छ ।

उक्त प्रतियोगिताका प्रवक्ता डा. तलाल अल तोरिफी भन्छन्, ‘जजहरुले ऊँटको प्राकृतिक सुन्दरतामाथि प्रतिस्पर्धा हुनुपर्ने बिचार राखेका छन् ।’ ‘प्रजाती र रङ अनुसार ऊँटलाई पाँच प्रकारमा विभाजन गरिनेछ,’ उनले भने ।

अल वादाहा सेतो ऊँटदेखि एल माजाहातिर काला ऊँटसम्मका विभिन्न प्रजातिलाई निकै सुक्ष्म तरिकाले अवलोकन गरी उत्कृष्ट ऊँट छानिने आयोजकले बताएका छन् ।

यसमा ऊँटको टाउकोको आकार, ओठले दाँतलाई छोपेको छ÷छैन, घाँटीको लम्बाई र जुरोको गोलाई समावेश हुने बताइएको छ ।

उक्त मापदण्डमा आँखाको आकार, परेलाको लम्बाई, नाकको आकार, कान पछाडि गएको छ÷छैन, जुरो कति माथि उठेको छ वा कता बसेको छ लगायतका गुणहरु हेरिने बताइएको छ ।

रातोपाटि र डेलीमेलको सहयोग

,

प्रतिकृया दिनुहोस्

Loading...