नयाँ शक्तिसहित गोरखामा छ दलले निर्वाचन लड्न नपाउने



गोरखा, १ वैशाख ।

जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । 

दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो । 

जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । 

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए।

,

प्रतिकृया दिनुहोस्

Loading...