आफ्ना विरुद्ध लाग्नेको फिला चिरिदिने भनेपछि ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ७ दिने वारेन्ट

  • काठमाडौं, १ बैशाख ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न बिहीबार प्रहरी महानिरीक्षकलाई आदेश दिएको हो। सर्वोच्चले पक्राउ प्रतिवेदन आदलतमा पेस गर्न पनि भनेको छ।

भाइरल बन्यो बालकृष्ण ढुंगेलको कठोर भाषण, भन्छन् मलाइ मुद्दा लगाउनेको फिला चिरिदिन्छु (अडियोसहित)

'स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ' सर्वोच्चको आदेशमा भनिएको छ, 'निजलाई पक्राउ गर्नका लागि बारेन्ट आदेश जारी गरिएको छ।' आदेशमा भनिएको छ । 'जहाँबाट सम्भव हुने हो त्यहींबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्नू, सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतलाई प्रतिवेदन पेस गर्नू।'

आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो, जससँग समन्वय गर्नुपर्ने हो त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको छ।

नागरिकका अनुसार ढुंगेलका नाममा पक्राउ वारेन्ट जारी गर्न माग गर्दै बुधबार अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दर्ता गरेका थिए।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

यता ढुंगेलले आफुले सर्वोच्चको आदेश कुनै पनि हालतमा नमान्ने जिकिर गर्दै आएका छन् । उनलेअभिनन्दनका क्रममा बिभिन्न ठाउँमा पुगेर आफु जनता र जनअदालतको आदेश मान्नसक्ने तर सर्वोच्चको आदेश मान्न नसक्ने बताउदै आएका छ ।

याे पनि पढ्नुहाेस 



, ,

प्रतिकृया दिनुहोस्

Loading...