काँग्रेस–माओवादी बिच प्रदेश नम्बर मा भयो यस्तो एकता, ८८ सिटको भागबण्डा

  • काठमाडौं, १२ बैशाख ।
देशभर काँग्रेस–माओवादीबिच स्थानिय निकायको निर्वाचनमा चुनावी एकता हुने चर्चा चरिहेका बेला प्रदेश नम्बर सात (सुदुरपश्चिममा) काँग्रेस–माओवादीबिच चुनावी एकता गर्ने सहमती भएको छ । यसअघि एमाले सदुरपश्चिम सम्वन्य कमिटीले पनि माओवादीसंग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो ।

माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज तथा स्थायी समिति सदस्य लेखराज भट्ट र काँग्रेस केन्द्रिय सदस्य एनपी साउद लगायतका नेताहरुले प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तीक सहमती भइसकेको छ ।

प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’का अनुसार दुई पार्टीबिच लामो छलफलपछि चुनावी एकता गर्ने निष्कर्समा पुगिएको हो । सुदुरपश्चिममा कुल ८८ ओटा स्थानीय निकायका निर्वाचन क्षेत्र रहेका छन् ।

चुनावी एकता गर्ने सैद्धान्तीक सहमती भएपनि संख्याको बाँडफाँड भने भएको छैन् । कुन जिल्लामा कसले कति र कुन क्षेत्र लिने लिने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी जिल्लालाई दिने सहमती भएको छ । स्रोतका अनुसार काँग्रेसले ६० र माओवादीले ४० प्रतिशत लिने गरि सहमती बन्नसक्ने सम्भावना छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...