यीनै हुन जग्गा किर्ते गर्ने माओवादी नेता देखि पत्रकारसम्म



काठमाडौं, १२ बैशाख । 

झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ ।

जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

घिमिरेसहित उनका सहयोगी शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु आचार्य (अग्नि), माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी परार रहेको प्रहरीले बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...