धुर्मुसले भने - मुसहर बस्ती निर्माणमा पैसा अभाव हुदैन

  • बर्दिवास, २२ चैत ।

महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ । 

पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको हो । 

यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आएका फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिए । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भने–, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।” 

बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गरेका थिए । 

सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताए ।

यो पनि पढ्नुहोस् 

, ,

प्रतिकृया दिनुहोस्

Loading...