नयाँ शक्ति र समाजवादी फोरमबीच एकता हुँदै, कार्यकारी अध्यक्षमा उपेन्द्र यादव


  • काठमाडौँ,२२ चैत्र । 
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ ।

संविधान संशोधनपछि मात्र चुनाव हुनुपर्ने भन्दै अान्दोलनमा रहेको फोरम र चुनाव चिन्हको लागि अान्दोलनमा उत्रेको नयाँ शक्तिबीच एकताको लागि धेरै चरणमा छलफल चलेको बताइएको छ ।

दुबै पार्टीका नेताहरु अागामी बैशाख १ गते पार्टी एकता गर्ने मोटामोटी सहमतिमा पुगेको संघीय समाजवादी फोरमका एक नेताले बताए ।

नयाँ पार्टीको नाम नयाँ समाजवादी फोरम नेपाल राख्ने र कार्यकारी अध्यक्षमा यादव र अध्यक्षमा भट्टराई हुने सहमति पनि भएको बताइएको छ । त्यसैगरी पार्टीको वरिष्ठ नेतामा आशोक राई बनाउने तयारी भएको छ। केन्द्रीय समिति भने बराबर हिस्सा समेट्ने गरी बन्नेछ ।


पार्टीको मुख्य विचार नयाँ शक्तीले अघि सारेको पाँच ‘स’ अर्थात स्वाधिनता, समाजवाद, समतामुलक समावेशी लोकतन्त्र, सदाचार र सम्बृद्धी हुने टुङगिएको एक नेताले बताए ।

नयाँ शक्तिका नेता देवेन्द्र पौडेल कुमार पौडेल, कल्पना धमला, बलावती शर्मा, देवेन्द्र पराजुलीलगायतका नेताहरुले एकताको विरोध गरिरहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...