किर्ते गरेको आरोप डीआईजी नवराज सिलवाल पक्राउ !

  • काठमाडाैं ।

प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । काजजातमा किर्ते गरेको आरोप लागको छ ।

आइजीपी प्रकरणमा सिलवाले अदालतमा पेश गरेको काजजातमा किर्ते गरेको आरोप लागेको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

बयानका लागि पटक पटक बोलाउँदा पनि नआएपछि सिलवाललाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवत्ता सर्वेन्द्र खनालले बयानका लागि नआएपछि पक्राउ गरिएको बताए ।

अधिवक्ता टीकाराम भट्टराईले कानुनी परामर्शका लागि अधिवक्ता शम्भु थापाको घरमा बसेका बेला प्रहरीले सिलवाललाई पक्राउ गरेको बताए ।

कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे सिलवालमाथि अहिले छानविन भैरहेको छ ।तर, छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

सिलवाललाई विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरिएको बताइएको छ । थापा सिलवालका तर्फबाट कानुन व्यावसायी थिए ।

यस अघि आईजीपीले बोलाएको बैठक सिलवालले बहिस्कार गरेका थिए । त्यसपछि पछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण पनि सोधेको थियो ।

सरकारले फागुनमै जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए ।

अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो । त्यसपछि सिलवाल पुनस् अदालत गएका थिए ।

तर, अर्याललाई कामबाट रोक्न अन्तरिम आदेश जारी भएको थिएन । बरु, कार्यसम्पादन मूल्यांकनको सक्कल कपी मागिएको छ । यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...