चीनले साथ नदिएपनि उत्तर कोरियालाई एक्लै ठिक पार्छु : ट्रम्प

  • काठमाडौं, २१ चैत्र । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान अाफू एक्लैले भएपनि खोज्ने बताएका छन् । ट्रम्पले उत्तर कोरियाको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी समेत गरे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले साथ नदिए पनि अमेरिकाले नै उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान खोज्ने बताएका हुन् ।

चीनले साथ नदिएको अवस्थामा आफु एक्लै पनि उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई रोक्न सफल हुने उनको दाबी थियो ।

चीन उत्तर कोरियाको निकै नजिकको मित्र भएको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमले सृजना गरेको खतराको समाधान खोज्नु चीनको पनि दायित्व भएको उल्लेख गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...