जवरजस्त निर्वाचन गर्न खोजीए सशक्त प्रतिकार हुन्छ : प्रवक्ता प्रकाण्ड

  • इमान्दार मिडिया संवाददाता ।

नेपाल कम्युिनष्ट पार्टीका प्रवक्ता एवम् स्थाइसमिति सदस्य खड्कबहादुर विश्लेवकर्मा प्रकाण्डले जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार हुन सक्ने चेतावनी दिएको छ । 

स्थानीय निर्वाचन जनताको पक्षमा नभएको भन्दै यसले देशमा प्रतिक्रान्ति निम्ताउने भएकाले अहिले निर्वाचनको  गर्नुको कुनै तुक नभएको उनले दावी गरे ।

क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता प्रकाण्डले जनताकाे अादेशमा अाफ्नाे पार्टीले स्थानीय निर्वाचन खारेज गर्ने बताएका छन् ।

जनता र देशको हितमा स्थानीय निर्वाचन छ भनेर राजनीतक रुपले प्रमाणित गरेर देखाउन कांग्रेस, एमाले र माओवादी केन्द्रलाई उनले चुनाैति समेत दिए ।

राज्य सञ्चालकहरुले राष्ट्रघात गरेको अवस्थामा देश र जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नभएको उनकाे दाबी छ ।

राज्य सञ्चालकहरुका कारण राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै दलाल पूंजीपतिको हातमा रहेको सत्ता जनताको पक्षमा ल्याउनु पर्ने प्रवक्ता प्रकाण्डकाे भनार्इ छ । उनले जनतको राजनीतिक र सांस्कृतिक अधिकारका लागि स्थानीय तहदेखि केन्द्रिय तहसम्म जनसत्ता स्थापित  हुदै गएकाे बताए पनि बताएका छन्  । 

२०७३ चैत्र २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...