चुनावको मुखमा एमालेभित्र विवाद चर्कियो, माधव नेपाल पक्षले दियो यस्तो चेतावनी

\
  • काठमाडौं, ३० चैत ।

स्थानीय तहको चुनावको मुखैमा अाइपुग्दा नेकपा एमालेभित्र विवाद चर्किएको छ । 

गत चैत २० मा जिल्ला सचिवालयको बैठक बसेर निर्वाचन परिचालन समितिको नाममा ओली पक्षका कृष्ण राईलाई संयोजक र रामविर मानन्धरलाई सहसंयोजक तोकिएसँगै काठमाडौंको विवाद छताछुल्ल भएको स्राेतकाे भनार्इ छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीमा देखिएको समस्यासँगै बढेको विवाद समयमै समाधान नगरिए त्यसले देशभरनै समस्या निम्त्याउन सक्ने माधव नेपाल पक्षका नेताहरुले चेतावनी दिएका छन् ।

विवादकै क्रममा अध्यक्ष केपी ओलीले काठमाडौंबाट निर्वाचन अभियान सुरु गदै पार्टीको चुनाव चिन्ह भएको झण्डा काठमाडौं जिल्ला संयोजक कृष्ण राईलाई हस्तान्तरण गरेका थिए ।

विधानमा ३ बर्षमा जिल्ला सम्मेलन गर्नु पर्ने उल्लेख भएपनि राई काठमाडौं संयोजक रहेको जिल्ला समितिको अधिवेशन नभएको ७ बर्ष भएको छ ।  तर ओली पक्षले ७ बर्ष देखि अधिवेशन नगरी उल्टै आफूहरुलाई पेलेर जान खोजेकाले समस्या खडा भएको नेपाल पक्षको दाबी छ ।

एमालेमा रहेका गुटहरु पुनः सलबलाउन थालेका र नेता–नेताका समुह पनि सक्रिय रहेको नेताहरुले नै सहर्स स्वीकार गरेका छन् । संस्थापनले टिकट दिँदा समान रुपमा दिएन भने एमालेमा निर्वाचन भन्दा पहिला नै विवादले उग्र रुप लिने निश्चित छ । 

विवादका बीच टिकट वितरण गरिए र गलत परिणाम आए जिम्मेवारी एकले अर्कोलाई दोष लगाउने प्रष्ट छ । ९ औं महाधिवेशनपछि माधव नेपाल पक्ष र ओली पक्ष गरी दुई समूहमा विभक्त एमालेमा चरम अन्तरविरोध सिर्जना भएपछि कार्यकर्ता र भात्रृ संगठनहरु समेत अा अाफ्नै तरिकाले २ पक्षकाे वकालत गर्दै हिडेकाे चर्चा बेला बेलामा चलिरहन्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...