मधेसी मोर्चा पनि निर्वाचनको विपक्षमा, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

  • काठमाडौँ, ३० चैत ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अाफ्ना माग पुरा नभएसम्म स्थानीय निर्वाचनमा सहभागी नहुने अडान दाेहाेर्याएकाे छ । 

बिहिबार तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । 

बसेको बैठकले मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको छ । 

अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताए । बैठकले यही चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस् विज्ञप्ति


, , ,

प्रतिकृया दिनुहोस्

Loading...