'हर्न निषेध’ अभियान : पहिलो दिन राजधानीमा हामीले जे देख्यौं (भिडियोसहित)


  • प्रताप शर्मा / राजिब चन्द।
काठमाडौँको प्रदुषण कम गर्ने उद्देश्यले महानगरपालिका भित्र बैशाख १ गतेदेखि ‘हर्न निषेध’ अभियान सुरु भएको छ । 

केही सवारी साधनहरुले झुक्किएर अक्कल झुक्कल हर्न बजाए पनि मूलतः यो अभियान सफल हुने संकेत भने देखिएको छ । 

काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले यस अभियानलाई (आज) वैशाख १ गतेदेखि लागू गरेको हो । काठमाडौँ उपत्यकामा दैनिक सातदेखि आठ लाख सवारीसाधन गुड्छन् ।

पैदल यात्रुको साथ

पहिलो दिन काठमाडौँमा सवारीसाधन चलाउने मात्र हैन पैदल यात्रुले समेत हर्न निषेध अभियानलाई साथ दिएको देखियो । झुक्किएर हर्न बजाउनेको कुरा अलग छ तर बारम्बार कसैले हर्न बजायो भने ट्राफिकलाइ खबर गर्ने गरेको पनि देखियो ।

हर्न निषेध अभियान कत्तिको प्रभावकारी छ भनेर रिपोटिङ्ग गर्ने उद्देश्यले इमान्दार मिडियाको एउटा टोली ललितपुरको खुमलटारबाट कार्यालय सम्म र अर्को टोली जडीबुटीबाट भृकुटीमण्डपसम्म पुगेको थियो । यो दुवै टीमले गरेको रिपोटिङ्गमा हर्न निषेध अभियान लगभग सफल हुने लक्षण देखिएको रिपोर्ट पठायो । 

ट्राफिकका ठाडा कान

काठमाडौँका सडकमा ‘ड्युटी’ बसेका ट्रफिक प्रहरी पनि आज निकै सकृयताका साथ हर्न निषेध अभियान सफल पार्न कस्सिएर लागेका देखिन्थे । 

सधैंजसो भीडभाड भइरहने काठमाडौंको कोटेश्वरमा उपत्यका बाहिरबाट आएको एक कारले हर्न पटकपटक हर्न बजाउन पुग्दा ट्राफिक प्रहरीको नजरबाट बच्न सकेन ।  तर प्रहरीले कारवाही चाहिँ गरेन बरु सवारीसाधनले हर्न बजाइरहदा ट्राफिक प्रहरीले तुरुन्त समातेर सम्झाई बुझाइ पठाएको देखियो ।

यस्तो छ प्रचारको शैली

महानगरले शहरका चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पु¥याउने हुनाले हर्न निषेध गरिएको छ भन्ने चेतनामूलक बोर्ड राखेको छ।

त्यस्तै कतिपय सवारी साधनको अगाडी वा पछाडी पनि जनचेनता मुलक बोर्ड झुण्ड्याउन लगाइएकाे छ । त्यसमा हर्न निषेध गरिएको सूचना पनि टाँसिएकाे छ ।

ट्राफिकको उदार कारबाही

महानगर भित्र चल्ने कुनै-कुनै सवारीसाधनले झुक्किएर हर्न बजाएको खण्डमा ट्राफिकले सामान्य सोधपुछ गरेर अब हर्न नबजाउन सम्झाउदै छोडेको छ । 'अाजबाट हर्न नबजाउने नियम अाइसक्याे यसलार्इ लागु गर्दै जानुहाेला । नभए फेरी कारवाहीमा पर्नुहोला नि ।' सवारीचालकलाई सुझाउदै थिए ट्राफिक प्रहरी ।

अभियानको सुरु-सुरुमा ट्राफिकले बढी राजस्व उठाउने उद्देश्यले अक्कल झुक्कल हर्न बजाउने सवारीसाधनलाइ कारबाही गर्न सक्ने हाम्रो अनुमान थियो तर त्यसो हुन् सकेन । ट्राफिकले सम्झाई बुझाइ पठाएको देखियो ।

यस्तो छ जरिवानाको प्रकार

महानगरले सुरु गरेको हर्न निषेध अभियानलाई सवारीसाधनले उलंघन गरी अनावश्यक स्थानमा हर्न बजाएमा ५ हजारसम्म जरिवाना गर्न सकिने अधिकार ट्राफिक प्रहरीसँग रहेको छ ।

भिडियो हेर्नुहोस्

२०७२ वैशाख १ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...