बन्चरोले हानेर साथीको हत्या, श्रीमान श्रीमती पक्राउ

  • काठमाडौं, ८ वैशाख ।

रुकुममा एक व्यक्तिले आफ्नै साथीलाई बन्चरोले हानेर हत्या गरेका छन् । चौरजहारी नगरपालिका-१४ का निर्मल सार्कीले ४५ वर्षका अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । 

बुधबार खड्का र सार्कीले सँगै रक्सी खाएको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिनुभयो । झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीय बासिन्दाको भनाइ छ । 

हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...