फ्रान्सको राजधानी पेरिसमा आइएस लडाकुको आक्रमण

  • काठमाडौं, ८ वैशाख ।

फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । 

कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । 

फ्रान्समा राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताएका छन् । यो कुनै आतंकवादसँगै जोडिएको घटना भएको उनको भनाई छ ।

पेरिसमा आक्रमण आफूले गराएको विद्रोही समूह आइएसले दाबी गरेको छ । फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ । सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...