‘यो देशलाई खारेज गर’ भन्ने नारा लगाएकी हिसिलाले अन्ततः मागिन् माफी (विज्ञप्तिसहित)

  • काठमाडौं, २१ चैत ।

‘यो देशलाई खारेज गर’ भन्ने पछिल्लो अभिव्यक्तिले विवादमा आएकी नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले अन्ततः माफी मागेकी छिन । 

पूर्वमन्त्री समेत रहेकी यमीले  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइतबारको आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी हुन् । बेहोसीमा आफूले ‘यो देशलाई खारेज गर’ भन्ने नारा लगाएको उनले स्वीकार गरिन् ।

निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय अगाडि धर्ना दिने क्रममा धकेलाधकेल हुँदा आफू निकै आवेगमा आएको र बेहोसीपन जस्तै अवस्था भएकाले भूलबस नारा लगाउँदा गलत शब्द उच्चारण हुन पुगेको उनले स्वीकारिन । खासमा उनले लगाउनुपर्ने नारा चाँहि ‘यो आदेश खारेज गर’ भन्ने थियो ।

‘झण्डै एक घण्टा जतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुनपुगेछु । त्यो बेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो । त्यसबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेश र अर्धचेतकै अवस्थामा थिए । तीव्र आवेशमा चिच्याउँदै नाराबाजी गर्न लागेछु । घटनाबारे स्मरण गर्दै हिसिलाले विज्ञप्तिमार्फत भनेकी छन्– ‘त्यसक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन पुगेछ । म जनजाति समुदायकी छोरी भएकाले मेरो नेपाली भाषामा राम्रो दखल छैन् । त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र बेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेकी हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होसमा आएँ र आफ्नो गल्ती महसुस गरें ।’

हिसिलाले ‘यो देश खारेज गर्नुपर्छ’ भन्ने नारा लगाएपछि आइतबारदेखिनै निकै हंगामा भएको थियो । खासगरी विभिन्न पार्टीका नेताहरुले हिसिलालाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...