पत्नीले सम्भोग गर्न नमानेपछि पतिले आफ्नै लिंग काटे

  • एजेन्सी । 

भारतको उत्तरप्रदेशमा ३७ वर्षका एक पुरुषले आफ्नै लिंग काटेका छन् ।

यी पुरुषले पत्नीले पटक पटक सेक्स गर्न नमानेपछि आजित भएर लिंग काटेको डेली मेलले जनाएको छ ।

पछिल्लो हप्ता घासी राम नामका पुरुष मदिार पिएर घर आइपुगे र पत्नीसँग सेक्स गर्न भन्न थाले । तर, जब पत्नीले उनको कुरा मानिनन् तब आवेशमा आफ्नै लिंग काटिदिए ।

घासी रामले उनकी पत्नी मञ्जरी देवी पछिल्लो एक दशकभन्दा लामो समयदेखि शारीरिक सम्बन्ध बनाउन अस्वीकार गर्दै आएको बताए । यो जोडीको विहे १८ वर्ष वितिसकेको छ र उनीहरुका तीन बच्चा छन् ।

रामले भने- ‘म धेरै असन्तुष्ट थिए । हामीले पछिल्लो १०–१२ वर्षदेखि सेक्स गरेका थिएनौं । उनी कहिल्यैपनि म सँग सम्बन्ध बनाउनका लागि मानिनन् ।’

तर, उनकी पत्नी मञ्जरी भन्छिन्– ‘मैले उनसँग सेक्स गर्न यसकारण अस्वीकार गरेकी उनी मदिरा पिएर आउथे । र त्यो मलाई मन पर्दैन् । तर, उनी मलाई मात्रै दोषी भन्दैछन् । जबकी मैले केही गरेको छैन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...