हिसिला यमीलाई अश्लील शब्द प्रयोग गर्नेले मागे सार्वजनिकरुपमा माफी
- काठमाडौं, २३ चैत्र ।
नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी र छोरी मानुषीलाई नयाँ सामाजिक सञ्जाल फेसबुकमा निकै तल्लोस्तरमा गिरेर अश्लील गाली गर्ने २ जनाले फेसबुकबाटै माफी मागेका छन् ।
फेसबुक प्रयोगकर्ता ओली, शाही र अएका एकजना हिरालाल मगरले नेतृ यमीको ‘यो देश खारेज गर’ भन्ने अभिव्यक्तिलाई लिएर मंगलबार खोजीखोजी बलात्कार गर्ने स्टाटस लेखेका थिए ।
मंगलबार नै नयाँ शक्ति नेपालको कतारस्थित प्रवासी संगठनका संयोजक बिबि खरालले उनीहरुलाई कारवाही गर्ने घोषणा गर्दै कसैले उनीहरुका टाउका नयाँ शक्तिको कार्यालयमा ल्याए पाँच लाख पुरस्कार दिने घोषणा गरेका थिए ।
खरालको यो घोषणापछि अमृत अोलीले फेसबुकमै माफी मागेका छन् । अाफ्नो भनाईको अासय त्यस्तो नभए पनि शब्द चयनमा गल्ती भएको भन्दै माफी मागेका छन् । उनले अाफ्नो स्टाटसले नयाँ शक्तिका समर्थक र नेतृ यमीमा परेको चोटप्रति दुःखी भएको समेत बताएका छन् ।
हाल कतारमा रहेको ओलीले नेतृ यमीको अभिव्यक्ति दोहोरिए फेरि अालोचना गर्ने बताएका छन् । त्यस्तै नेतृ यमीमाथि अश्लील शब्द प्रयोग गर्ने हिरालाल मगरले पनि माफी मागेका छन् । उनले उदाहरण दिन खोज्दा गलत शब्द प्रयोग भएको स्वीकार गर्दै अागामी दिनमा त्यसो नहुने बताएका छन् ।
हाल मलेसियामा रहेका मगरले नयाँ शक्तिले राम्रो काम गरे समर्थन गर्ने भन्दै देशविरुद्ध अभिव्यक्ति नदिन नेतृ यमीलाई अाग्रह समेत गरेका छन् ।
याे पनि पढ्नुहाेस्
हिसिला यमीलाई सामाजिक सञ्जालमा अश्लील गाली, खोजी-खोजी बलात्कार गर्ने धम्की !
प्रतिकृया दिनुहोस्
Loading...