जाजरकोट घटनामा आफ्नो संलग्नता नरहेको प्रष्ट पार्दै नेपाल कम्युनिष्ट पार्टीले दियो यस्तो चेतावनी

  • काठमाडौँ, २३ चैत्र ।

नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेसका स्थानीय नेता रविन्द्र शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको प्रष्ट पारेको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै शाहमाथि कुनै प्रकारको आक्रमण गर्ने पार्टीको योजना नभएको समेत बताएका छन् ।

“शाहमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएको प्रष्टिकरण जिल्ला पार्टीबाट घटना लगत्तै सार्वजनिक भइसकेको छ । सो कुरा जानकारी हुँदाहुँदै पार्टीको नाम जोडेर थप प्रचार गरिनु पार्टीप्रति राज्यको दुरनियत रहेको स्पष्ट हुन्छ ।”  विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस नेता शाहकाे भिरबाट खसालेर विभत्स हत्या, साथीहरुले भागेर जाेगाए ज्यान

घटनाको बहानामा गिरफ्तार गरिएका कार्यकर्ताको रिहाईको माग गर्दै यातना र धरपकड बन्द गर्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा धरपकड र गिरफ्तारी नरोकिए त्यसबाट उत्पन्न हुने परिस्थितिको राज्यले लिनु पर्ने चेतावनी दिइएको छ । 

घटनाबारे अाफ्नाे पार्टीले अनुसन्धान गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । नेता शाहको चैत १५ गते अज्ञात समूहले हत्या गरेको थियो ।

यस्तो छ विज्ञप्तिः 


, ,

प्रतिकृया दिनुहोस्

Loading...