प्रहरी हाइ कमाण्डमा महाविवाद, सिलवालद्वारा आइजीपी अर्यालले बोलाएको बैठक बहिस्कार


  • काठमाडौं २९ फागुन ।
नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि पहिलो पटक बसेको प्रहरी समन्वय समिति (पीसीसी)को बैठक डिआईजी नवराज सिलवालले बहिस्कार गरेका छन्।

आफुलाई आइजीपी नियुक्त गरिनु पर्ने माग गर्दै आएका नवराजल सिलवालले मंगलबार अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठक बहिस्कार गरेका हुन्। 

आइजीपी संयोजक रहने प्रहरी समन्वय समिति (पीसीसी)मा एआईजी र डिआईजीहरु सदस्य हुन्छन्। प्रहरी प्रधान कार्यलय नक्सालमा बसेको उक्त बैठकमा जयबहादुर चन्द, बमबहादुर भण्डारीलगायत अरु डीआईजीहरु भने सहभागी भएको प्रहरी स्रोतले जनाएको छ।

यता प्रहरी हाइ कमाण्डको बैठक बहिष्कार गरेका सिलवालले सरकारको निर्णय खारेज गरी आफूलाई आइजीपी बनाउन परमादेश जारी गर्न माग गर्दैै मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गरेका छन्। 

यसअघि डीआईजी जयबहादुर चन्दलाई गत फागुन १ मा सरकारले आइजीपीमा नियुक्त गरेपछि सिलवालले सर्वोच्चको ढोका ढक-ढक्याएका थिए । 

सर्वोच्चले सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णय बदर गरेको थियो।
यसरी सरकार र सर्बोच्चको फरक फरक निर्णय र आदेशपछि आइजीपी नियुक्ति बिबाद लम्बिएको थियो । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...