उपचारको नाममा ‘रअ’ का अधिकारिसंग गोप्य भेट गर्न ओली थाइल्याण्ड गएको खुलासा !


  • काठमाडौं २९ चैत । 
उपचार गराउन भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अचानक थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले बैंककमा राजनीतिक गोप्य भेटवार्ताको योजना बनाएको खुलासा भएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य सहभागी छन् ।

एमाले स्रोतका अनुसार, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएको स्रोतको दावी छ । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ ।

बैंकक उड्नुअघि ओलीले नेपालमा भएका विभिन्न कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई आवश्यक्ता भन्दा बढी गाली पनि गरेका थिए । 

उनले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतको इसारामा चलेको आरोप पनि लगाउँदै आएका थिए ।

एमालेका एक विश्वस्त सुत्रका अनुसार नेपालका पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । 

त्यसैले ओलीको भ्रमणका विषयमा सर्वत्र चर्चा भईरहेको पाईन्छ । ओलीसंग भेट्न भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल आफै आउने पुर्वनिर्धारित कार्यक्रम रहेपनि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमण र थाईल्याण्ड बैठकको समय जुद्धिएपछि डोवल आफै पुग्न सकेनन् । 

आफै पुग्न नसकेपछि डोवलले राष्ट्रिय सुरक्षा परिषदकै एक जना सदस्य सहित “रअ”का ३ जना अन्य बरिष्ठ कर्मचारीहरुलाई ओली संग भेट गर्ने उदस्यले पठाएका छन् ।

स्रोतका अनुसार वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । 

पुर्वराजा शाहसंग भेट्न डोवल आफै पुगेका थिए । राजसंस्था पुर्नरस्थापना र हिन्दु राष्ट्र बनाउन शाहले डोवाललाई आग्रह गरेको खबर पनि बाहिर आएको थियो ।

पछिल्लो समय ६ मधेस केन्द्रित दलको एकिकरणलाई लिएर शुरु भएको चर्चा पश्चात एमालेलाई ठुलो नोक्सानी हुने सुरक्षा निकायको रिपोर्टबाट ओलीले चाल पाएपछि भारतसंग बिग्रीएको सम्बन्ध सुधार गर्न चाहेका थिए ।

भारतसंग समबन्ध सुधार गरेर एकिकरणको चर्चामा रहेका उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपाल र अनिल झाको नेतृत्वमा रहेको नेपाल सदभावना पार्टीसंग गठबन्धन बनाउने तयारीमा रहेका ओली थाईल्याण्डमा यस विषयमा गम्भीर छलफल गर्ने स्रोतको दाबी छ ।

त्यसैगरी, निर्वाचन रोक्न र संबिधान कार्यन्वयन हुन नदिएर २०४७ सालकै संविधानलाई जीवीत गरिनेमा पनि छलफल हुन सक्ने स्रोतको दाबी छ ।

पछिल्लो समय आफुलाई राष्ट्रवादी भन्दै चलचित्रदेखि म्युजिक भिडियोसम्ममा अभिनय गरेका ओलीले दिने गरेको अभिव्यक्तीले पार्टी संकटमा फसेको भन्दै एमाले नेताहरुले वैठकमै ओलीको आलोचना गरेका थिए ।

अहिले भारत भ्रमणमा जाँदा पनि राम्रो सन्देश नजाने बरु बाहिर अन्य कतै भेट्न ओलीले भारतीय दुतावासका कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

ओलीकै आग्रह अनुसार उपचार पनि हुने र राजनीतिक छलफल पनि हुने भन्दै बैंकक त्यसका लागि उपयुक्त हुने निस्कर्ष निकालीएको थियो । 

निर्वाचनबारे नेपाली खुफिया रिपोर्टमा एमालेको खस्कदो नतिजा निकालेपछि एमाले अध्यक्ष ओलीले माओवादीलाई स्थानीय निकायको निर्वाचन सार्न आग्रह समेत गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले खुलासा गरिसकेका छन् । 

जनआह्वान साप्ताहिक

,

प्रतिकृया दिनुहोस्

Loading...