कालीकोटमा पहिरोसँगै ढुंगा खस्दा ४ जनाको मृत्यु

  • इमान्दार मिडिया संवाददाता ।
कालीकोटको लालीघाट बजारमा ढुंगा खस्दा ४ को ज्यान गएको छ । एक जना घाइते छन् ।

बिहिबार साँझ करिब ६ बजेतिर बजारमाथीबाट अाएकाे पहिरोसँगै ढुंगा खस्दा चिया पसलमा बसेका ४ स्थानीयकाे ज्यान गएकाे त्यहाँबाट पत्रकार रूपेन्द्र एेडीले इमान्दार मिडियालार्इ बताए । 

ज्यान गुमाउनेहरुमा कुमालगाउँ-९ का ४० वर्षका गोर्खसिकाल बिक, १३ वर्षकी बासपुरा बिक, ३५ वर्षकी धनसिकाल बिक र मुम्राका लोकबहादुर केसीको रहेका छन् । 

त्यस्तै रकु-८ की १४ वर्षकी भावना देवकोटा घाइते भएकी छन् । उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । प्रहरी घटनास्थल पुगिसकेको र उद्धारको काम भइरहेको प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले बताए । 

लालीघाट बजारमा एक्कासी माथिबाट ढुंगा खसेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फाइल फोटो 

, ,

प्रतिकृया दिनुहोस्

Loading...