६४ को चुनावमा जित्दा हौसिएको माओवादी ७० मा हारेपछि मुर्छा पर्यो - मन्त्री कार्की

  • इमान्दार मिडिया संवाददाता ।
नेकपा माओवादी केन्द्रका नेता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले ०६४ को चुनावमा जित्दा हौसिएको माओवादी ०७० को चुनावमा हारेपछि मुर्छा परेको बताएका छन् ।

माओवादी केन्द्रको चुनावी अभियान र झापामा वाइसीएलको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

'६४ को चुनावमा जित्दा हौसिएको माओवादी ०७० को चुनावमा हारेपछि मुर्छा पर्यो ।' उनले भने – ‘६ महिना त होस् आउनै लाग्यो, त्यसबेला जनताले हामीलाई नाकको डाँडीमै हाने ।'

मन्त्री कार्कीले काँग्रेस र एमालेलाई यसरी समेत गर्नुसम्म व्यंग्य गरे । ‘प्रचण्ड झापा आउँदा सूर्य देखिएन, अबको चुनावमा पनि सूर्यलाई अलप गराइदिनुस्, सूर्य अलप भएपछि रुख त देखिँदै देखिँदैन ।’- उनले भने

यसैगरी, कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका कारण देशको आर्थिक बृद्धिदर बढेको दाबी गरे ।

माओवादी नेता गोपाल किरातीले एमालेले चुनाब असोजमा सार्न प्रस्ताब गरेको दाबी गरे । बाहिर बाहिर चुनाब नसार्न दबाब दिने र भित्र भित्र चुनाब सार्न एमालेले प्रयास गरिरहेको उनको जिकिर छ ।

उपेन्द्र यादवलाई ‘गौर काण्डका नाइके’को संज्ञा दिँदै उनले यादब चुनाब बिथोल्न लागिपरेको बताए ।

२०७४ बैशाख ७ गते प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...