पञ्जाबको दोस्रो जित, बैंग्लोर लगातार पराजित


  • काठमाडौं, २९ चैत ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार राती इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।

बैंग्लोरका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबि डे भिल्लियर्सले अविजित ८९ रन जोड्दा मन्दिप सिंहले २८ रको योगदान दिए ।

जवाफमा एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ ओभर तीन बलमा दुई विकेटको क्षतिमा पुरा गर्‍यो । पञ्जावको लागि हशिम अमलाले अविजित ५८ रन तथा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन जोडे ।

प्रतिकृया दिनुहोस्

Loading...