मध्यरातमा प्रकाश अर्याल प्रहरी महानिरीक्षकमा बढुवा


  • काठमाडौं २८ चैत । 
सरकारले मध्यरातमा डीआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक(आइजीपी) मा बढुवा गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकास पाएपछि रिक्त महानिरीक्षकमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई आइजिपी बनाएको थियो । 

वरिष्ठता मिचेर प्रहरी महानिरीक्षक बनाएको भन्दै अर्को डिआइजी नवराज सिलवालले सवोच्च अदालतमा रिट हालेपछि सर्वोच्चले सरकारलाइ कार्यक्षमता मुल्याँकनका आधारमा प्रहरी महानिरीक्षक बनाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...