ओलीको यो भाषण, जसले उनलाई पागलको आरोप लाग्यो (भिडियो सहित)

  • काठमाडौं ।
हरेक समय रानेमाञ्चक रुपमा भाषण गर्न माहिर मानिने राजनैतिक नेता मध्येका एक हुन केपी ओली जो आज भन्दा झण्डै दुई वर्ष अघि तिहार बेलामा भारतले नेपाल माथी लगाईरहेको नाकाबन्दीको बेलामा ग्यासको अभावमा उपभोक्ताहरु हिटर प्रयोग गरेर खाना पकाउँथे कतिपय त हिटरबाट नभएर दाउरा लिन सरकारले आश्वान गरेको लाईनमा किलोमा दाउरा किन्दै थिए ।

त्यसबेला कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बोले– ‘तपाईंहरु पत्याउनु हुन्न होला । तर, म एक वर्ष भित्र लोडसेडिङ खत्तम गर्नेगरी काम गरिरहेको छु । छिमेकीहरुले हामीलाई आँखा देखाइदिएका छन्, तिमीहरु कुन अवस्थामा छौ हेर भनेर हाम्रो आँखा च्यातेर देखाइदिएका छन् । सामान्य प्रयासले त यो हुँदैन तर, म सामान्य हिसावले काम गर्दिनँ, एक वर्ष भित्र लोडसेडिङ हटाउँछु । ढुक्क हुनुस् ।’

त्यसपछि ओलीको बिरुद्ध सबै तिरबाट तिर हान्न लागियो । बास्तबमा ओलीले भनेको कुरा पुरा गर्न नसकिने थिएन तर जनताको जीवन स्तर र ओलीको भाषण नमिलेका कारण यस्तो चर्चा भयो । उनले जनताको मनोभावना अनुसार भारतसँग नाकाबन्दीको सामना त गरे तर बैकल्पीक योजना कहिल्यै अगाडी सार्न सकेनन् ।

हरेक समय उखान र टुक्काहरु जोडेर भाषण गर्न सिपालु ओलीले नेपाली जनतालाई सपना देख्ने त बनाए तर सरकारको हैसियतले नै नपुग्ने गरि आम रुपमा उनका भाषणहरुलाई सामाजीक संञ्जालहरुमा ओलीले जति नै गम्भिरताको साथ राखेको भएता पनि केपी ओलीको कमेडी भाषण भनेर प्रचार गरियो । आज सुचनाकेन्द्र डटकम मार्फत त्यो समय तात्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको भाषण यहाँ राख्दै छौं । भिडियो कान्तिपुरबाट



२०७४ बैशाख १५ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...