क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ

  • हेटौडा । 

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्ष प्रकाश सञ्जेल रहेका छन । त्यस्तै सदस्यहरुमा चन्द्र खनाल, राजन केसी, प्रल्हाद गौतम रहेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य भौतिक मल्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारका विभिन्न संघसंगठनका प्रतिनिधिहरुले नेपालको पत्रकारिताका मुद्दामा छलफल गरेका थिए । 

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय सदस्य भौतिक मल्लले पत्रकारहरुलाई मिडियाका मालिकहरुले दासि बनाईरहेको बताए । जबसम्म श्रमजीवी पत्रकारको मुद्दामा राज्यले सम्वोधन गर्दैन, तबसम्म पत्रकारितामा विभेदीकरण भइरहने उनको भनाइ थियो । 

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ज्वालाले वर्गीय र पेशागत मुद्दालाई समेटेर पत्रकारिता अगाडि बढ्नुपर्ने बताए । पत्रकारका पेशागत मुद्दाहरुमा आफ्नो पार्टीको पनि एेक्यवद्धता रहेको जनाउँदै ज्वालाले पेशागत सुरक्षाको लागि समेत कम्युनिष्ट पार्टि तत्पर रहेको जनाए । 

त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपाध्यक्ष कुमार अधिकारीले जिल्लाका रहेका मिडियाले पत्रकारहरुलार्इ न्यूनतम पारिश्रमिक दिन नसकेको बताए । राज्यले बिभिन्न समयमा समिति बनाउने प्रतिवेदन बनाउने तर त्यसको कार्यान्वयन नहुने समस्या रहेको उनले बताए । 

साथै पत्रकारहरुको व्यवसायिकताको पनि अभाव भएको उनको भनाइ थियो । संगठनका जिल्ला अध्यक्ष यादव चौलागाईको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव वाटर घलान, मिडिया नेपालका जिल्ला अध्यक्ष जिवराज बख्रेल, प्रेस चौतारी मकवानपुरका रुपक कालिराज, प्रेस युनियनका सुदिप शिवाकोटी, प्रेस सेन्टरका अशेष ढुङ्गाना लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Loading...