सडक सरसफाइ गर्दा दाङबाट अखिल क्रान्तिकारीका १० नेता कार्यकर्ता पक्राउ



  • दाङ्ग २ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका १० जना नेता कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । सडक सरसफाई गरिरहेका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नरेन्द्र वि.क लगायत १० जनालाई प्रहरीले दाङ्गबाट पक्राउ गरेको हो । 

सडक सरसफाई गरिरहेका उनीहरुले नियम बिपरित सडक छेउमा राखिएका स्कुल कलेजका प्रचार जन्य होर्डिङबोड हटाएपछि नेता कार्यकर्तालाई पक्राउ गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय नेता नरेन्द्र बिकले इमान्दार मिडियालाई जानकारी दिएका छन् ।

सडक छेउमा शैक्षिक सस्थाले प्रचार जन्य होर्डिङबोर्ड राख्न नपाउने सरकारी नियमको उलंघन गरिएको हुनाले आफुहरुले त्यस्ता बोर्डहरु हटाएको बिकले बताएका छन् । पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पाटी निकट अखिल क्रान्तिकारीले राप्तीका विभिन्न स्थानमा राखिएका शैक्षिक संस्थाका होर्डिङबोर्डलाई नियम विपरित राखिएको भन्दै हटाउने अभियान थालेको जनाएको छ । 

यो अभियान चलाइरहदा आफुहरुलाई पक्राउ गर्नु निन्दनिय भएको संगठनका राप्ती व्यूरो संयोजक समेत रहेका नरेन्द्र विकले बताएका छन ।

पक्राउ पर्नेमा केन्द्रिय सदस्यहरु गणेशमान सिंह र हेमन्त जिसी लगायत अभियानमा सहभागि राप्तीव्यूरोका जिल्ला संयोजकहरु पनि रहेका छन । 

यस्तै संगठनले आफ्ना नेता कार्यकर्ता पक्राउ गरिएको प्रति गम्भीर आपत्ति जनाएको छ । संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलाउनेले एक बिज्ञप्ति जारी गर्दै शान्तिपूर्णरुपमा सडक सरसफाई तथा अभियान चलाई रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई बिना कारण गिरप्तार गरिएको भन्दै कडा आपत्ती जनाएका छन् ।

अखिल क्रान्तिकारीले गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ तत्काल रिहा नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत अडिएको छ ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...