अमेरीकाको सातो जाने गरि उत्तर कोरियाले देखायो सैन्य परेड (फोटो र भिडियोसहित)

  • काठमाडाैं, २ बैशाख ।
अमेरिकासँगको बिवादका बीच उत्तर कोरियाले शनिबार देशको राजधानी प्योङयाङमा विशाल सैन्य परेको आयोजना गरेको छ ।

उत्तर कोरियाली नेता किम जोनले आफ्ना हजुरबुबाको जन्मदिनको १०५ औं वर्षगाठको अवसर पारेर राष्ट्रिय दिवस मनाएका हुन् । राष्ट्रिय दिवसको अवसरमा प्योङयाङका सडक चम्किएका छन् भने पैदल हिड्नेमासिनको भीड रंगीविरंगी कपडामा सजिएका छन् ।



महिलाहरु उत्तर कोरियाको पारम्पारिक पोशाकमा थिए भने पुरुष कोलो तथा खैरो रंगको सूटमा सजिएका थिए । प्योङयाङको वातावरण उल्लासयम देखिएको छ । सेनाका पुराना खुल्ला ट्रकहरुमा मानिसहरु सवार भइरहेका छन् ।


सामान्य अवस्थामा कोरियाका समाचार संकलन गर्न नपाउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई उत्तरले यस अवसरमा भने बोलाएको छ । जब किम परेड आयोजना स्थलमा पुगेका थिए उक्त सयम उनलाई सिपाहीहरुले सलामी दिएका दिँदै ‘लङ लिभ’ भन्ने नारा लगाएका थिए ।

यसै अवसरमा उत्तर कोरियाली तानाशाह किम जोनले अमेरिकी राष्ट्रपतिलाई लडाइ भड्एको आरोप लगाए । अमेरिकाले भने अमेरिकी अधिकारीहरुले भने किमले यसै मौकामा आफ्नो छैंठौं परमाणु हतियारको परीक्षण गर्नसक्ने जनाएका छन् ।

परेडमा उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गर्दैपानडुबी, बेलास्टिक मिसाइलको विशेष प्रदर्शनी गरेको छ ।

यो समारोहको माध्मबाट उत्तरले आफ्नो शक्ति प्रदर्शन गर्न लागेको आभास भएको बीबीसीले जनाएको छ । उत्तर कोरियाले हालसालै मिसाइल परीक्षण गरेका कारण पूरै कोरियाई प्रायद्वीपमा तनाव भएको छ ।

जापान र दक्षिण कोरियाले यी परीक्षणमा कडा आपत्ति जनाएका छन भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले यस मुद्दामा छलफल गर्न आपतकालिन बैठक समेत बोलाएको थियो ।

हेर्नुहोस् भिडियो 

, ,

प्रतिकृया दिनुहोस्

Loading...