बाढीले जलविद्युत् आयोजना ठप्प, ५० घरधुरी अन्धकारमा बस्न बाध्य

  • तेह्रथुम, ९ वैशाख ।

वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । 

स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ ।

बुधबार साँझ परेको पानीले यहाँको २२ किलोवाट क्षमताको अमलेबेँसी लघु जलविद्युत् आयोजनाको १०० मि कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताए । यस्तै १७ किलोवाट क्षमताको फलामसाँघु लघु जलविद्युत् र २९ किलोवाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत् आयोजनाको समेत कुलो बगाएपछि विद्युत् उत्पादन ठप्प भएको छ । 

केन्द्रीय प्रसारण लाइन नपुगेको र जलविद्युत् आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादन बन्द भएपछि यहाँ सञ्चालित करिब एक दर्जन मिलसमेत ठप्प बनेका छन् । 

यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले २०६५ सालपछिकै सबैभन्दा ठूलो क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...