धार्मिकस्थल सुपा देउराली : एकैदिन १२ हजार धार्मिक पर्यटक



सन्धिखर्क, ९ वैशाख ।

धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या नयाँ बर्षमा ह्वात्तै बढेको छ ।

एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । 

वैशाख १ गते नयाँ वर्षको दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा रु एक लाख नौ हजार आठ सय भेटी चढेको उनको भनाइ छ । 

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् । 

मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा छ र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिक रुपमा आदर्श मावि र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताए । 

यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइने उनको भनाइ छ । “विद्यालयसँगै अन्य विकासनिर्माणका काममा पनि सहयोग पु¥याउने गरेका छौँ”, उनले भने, “खानेपानी प्लटिङ, मोटरबाटो निर्माणजस्ता विकास निर्माणका काम भएका छन् । विभिन्न खाले जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउँदै आएका छौँ ।”

मन्दिरमा गत वर्ष रु ६० लाख आम्दानी भएको थियो । यस वर्ष बढेर रु ८० लाख पुग्ने मन्दिर सचिव यादवले बताउनुभयो । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत यहाँ दर्शन गर्न आउने गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...