चुनाव चिन्ह्र छाता राख्दै पाँच मधेसवादी दलहरुले गरे पार्टी एकता

  • काठमाडौं ।

चुनावको मिति नजिकिँदै जाँदा पाँच मधेसवादी दलबीच पार्टी एकता भएको छ।  दलहरुले एकतापछि पार्टीको नाम, चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ ।

बुधबार राति अबेरसम्म ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गर्दै आजै एकताको घोषणा गर्ने निर्णय गरेको थियो। एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्।

तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच बिहिबार राजाधानीमा एक कार्यक्रम गरी पार्टी एकता भएको घोषणा गरेका हुन् ।


उद्घाटन समारोहमा नवगठित पार्टीका अध्यक्षहरुले मुद्दा एउटै, शत्रु एउटै तर झण्डा धेरै भएका कारणले शत्रुलार्इ झुकाउन नसकिएको बताएका छन् । उनीहरुले यो एकताले तरार्इ मधेसमा अब कुनै पनि पार्टीले निर्वाचनमा टाउको उठाउन नसक्ने चेतावनी पनि दिएका छन् ।

पार्टीको नेतृत्व अर्को महाधिवेशनसम्म आलोपालो गर्ने गर्ने निर्णय गरेका छन् । पहिले महन्थ ठाकुरले नेतृत्व गर्नेछन् भने त्यसपछि राजेन्द्र महतोले पार्टीको नेतृत्व गर्नेछन् । त्यसपछि अरू अध्यक्षहरूले नेतृत्व गर्ने भएका छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...