प्रचण्डले राजिनामा दिने मिति तोकियो, ओलीले सहयोग गरे प्रचण्ड फेरी पनि प्रधानमन्त्री

  • काठमाडौं ।

अब स्थानिय निकायको निर्वाचनको मिति निकै नजिक छ तर निर्वाचनको लागि आबश्यक पर्ने राजनैतिक सहमती र संबिधान संसोधनको काम अक्रै भैसकको छैन ।

यहि अबस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो हप्ता सरकार छाड्ने र नेपाली कांग्रेसलाई हस्तान्त्रण गर्ने तयारी भएको छ । बैशाख ३१ मा चुनाव भए जेठको २ गते प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रधानमन्त्री निकट उच्च स्रोतले यसअघि नै इमान्दार मिडियालाई बताइसकेको छ ।

राजीनामा दिएको एकहप्तामा देउवालाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लगाउने गरि आन्तरिक तयारी भइरहेको छ । तर, केहीगरि चुनाव सर्ने अवस्थामा भएमा सहमति पनि पछि धकेलिने संभावना पनि छ ।

प्रधानमन्त्रीले नै यसअघि बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने बताइसकेका छन् । तर राजनैतिक तहमा पहिलो चरणको स्थानिय निकायको चुनाव पछि जेठ १५ मा सरकारले बजेट ल्याउने छ त्यो बजेट माओवादी सरकारले नै ल्याउन पाउनुपर्ने बताइएको बेला शेर बहादुर देउवाले बजेट ल्याउन नदिए एमालेको सहयोगमा अर्को पटक पनि प्रचण्ड नेतृत्वमा सरकारबन्ने संभावना रहेको समेत बताईन्छ ।

यता ‘जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेगरि सत्ता छाड्ने तयारी छ’ स्रोतले इमान्दार मिडियासँग भन्यो, ‘जेठको २ गते राजिनामा दिने विषयमा मोटामोटी सहमति भएको छ त्यो कायम रहेमा जेठ २ गते देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा आउनेछ । ’

२०७४ बैसाख १५ मा प्रकाशित ।

यो पनि पढ्नुहोस् 
देउवालाई कुर्सी सुम्पेर प्रधानमन्त्री प्रचण्ड पदबाट राजीनामा दिदै

,

प्रतिकृया दिनुहोस्

Loading...