ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफा कारवाहीमा, यस्तो छ कारण

  • काठमाडौं, १५ वैशाख । 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ । 

विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो । 

ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेका छन् ।

यस्तै मेक्सिकोको एसोसिएसनले ७ हजार ७ सय ८१ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेको छ । समर्थकले भेदभाव तथा असहयोगी व्यवहार र समलिङ्गीको भावनामा ठेस पुग्ने खालको हुटिङ् गरेकाले जरिवाना तिराइएको फिफाले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...