नायिका आलियालाई आफ्नै बडीगार्डले त्यस्तो के गरे ? जस कारण जागिर नै चट


मुम्बई- ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् ।

केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ ।

तर, आलियालाई त्यतिखेर समस्या भयो जब राति ३ बजे घर फर्किनका लागि स्टाफलाई फोन गरिन् । आलियाले फोन गरेलगत्तै ड्राइभर उपस्थित भए, बडिगार्डको लामो समयसम्म पत्तो भएन ।

पटक–पटकको फोनपछि बडिगार्ड पनि उपस्थित भए । घर फर्किंदा बडिगार्ड आलियाको साथमै बसे । जब बडिगार्डले कुरा गर्ने कोसिस गरे तब आलियालाई थाहा भइहाल्यो उनले त मदिरा पिएका रहेछन् । तर, यात्राभर आलिया शान्त रहिन् ।

घर पुगेलगत्तै आलियाले बडिगार्डलाई झपार्न थालिन् । तर, बडिगार्ड भने रक्सी नपिएको बताउँदै थिए । पछि आलियाले घटनाबारे आमा सोनी राजदानलाई भनिन् । भोलिपल्ट बिहानै सोनीले फोन गरेर बडिगार्डलाई जागिरबाट हटाइएको जानकारी दिइन् । – एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...